देशको झन्डै आधा हिस्सा ओगटेको युवा पुस्ता राज्यको प्राथमिकतामा नपर्नु दुःखद हो ।
अस्थिर राजनीति, रोजगारका अवसरको कमी, गुणस्तरीय शिक्षा र वृत्ति विकास र
देशमा आफ्नो भविष्य नदेखेकाले युवा प्रतिभा पलायन दिनप्रतिदिन बढ्दो छ।
आज आमनेपालीको चासो र सरोकार कसरी कोरोना खोप लगाउने,
आफ्नो व्यापार व्यवसाय कसरी चलाउने, गरीखाने व्यक्ति काममा कहिले फर्कने,
गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा कसरी प्राप्त गर्ने जस्ता विषयमा छ ।